शेरा दरबारको जग्गासँग जोडेको भन्दै प्रचण्डको आपत्ती

दमक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२–१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर नुवाकोटको शेरा दरबारको जग्गासँग पार्टीलाई जोड्नु आपत्तीजनक रहेको बताएका छन् ।

झापाको गौरिगञ्जमा आज आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले सुशासनको लागि पार्टीले उठाएको एजेण्डालाई कमजोर बनाउने प्रयास गर्नेहरुले माओवादी पार्टी र नेतृत्वसँग अनावश्यक विषय जोडेको दावी गरे ।

सुशासनको आन्दोलन तुहाउने षड्यन्त्रस्वरूप १२–१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर शेरा दरबारको जग्गामा पार्टी नेतृत्वलाई जोड्न थालिएको भन्दै प्रचण्डले शेरा दरबारको जग्गा सार्वजनिक हो भने तत्काल सरकारको मातहतमा ल्याउन आग्रह गरे । ‘सरकारी जग्गा हडप्ने दलालविरुद्धको कार्वाही अभियान माओवादी नेतृत्वको सरकारले थालेको हो’ उनले भने, ‘शेरा दरकारको जग्गा सार्वजनिक हो भने तत्काल सरकारको मातहतमा ल्याउनुपर्छ, त्यसमा हाम्रो पूर्ण साथ रहने छ । अन्यथा यसरी प्रायोजित प्रचार गर्नुको कुनै अर्थ हुने छैन।’

भ्रष्टाचारविरोधी अभियान आफ्नो अभिष्ट रहेको उल्लेख गर्दै प्रचण्डले प्रधानमन्त्री हुँदा अनुसन्धान अकारीहरुलाई प्रचण्डको नाम आयो भने पनि नछोड्नु भनेको स्मरण गरे । ‘अहिले पनि भन्न चाहन्छु, यदि भ्रष्टाचारका मुद्दामा हाम्रा पार्टीका नेताहरु जोडिन्छन् भने छाडिने छैन, छाडिनु हुन्न ।’

सोमबार, १५ पुष, २०८१, दिउँसोको ०४:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर