विराटनगर । भीम रावलले पुस १७ गते पत्रकार सम्मेलन गर्ने भएका छन् । नेकपा एमालेबाट निकालिए पछि उनले पत्रकार सम्मेलन गर्न लागेका हुुन् ।
परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको रावलले सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।
एमालेले आफूलाई अपमानजनक रूपमा पार्टीबाट निकालेको आरोप लगाएका छन् ।
रावलको पत्रकार सम्मेलन बबरमहलस्थित कार्की व्याङक्वेटमा बुधबार १ बजे हुनेछ ।
एमालेबाट निकालिएपछि नयाँ पार्टी गठन गर्ने वा कसरी अगाडि बढ्ने भन्नेमा रावल छलफलमा व्यस्त छन् ।