केन्द्रले संघियताको मर्म बुझेन : शेखर कोइराला

जनकपुर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रले संघियताको मर्म नबुझेका बताएका छन् । केन्द्रको हस्तक्षेपले गर्दा प्रदेश राम्ररी चल्न नसकेको धारणा उनले राखेका छन् ।

जनकपुरधाममा आइतबार पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले, केन्द्रले संघियताको मर्म नबुझेका कारण निजामति कर्मचारी एन, शिक्षा ऐन, प्रहरी ऐनलगायतका ऐन हाल सम्मान बन्न सकेको बताए ।

मधेश प्रदेश मात्र नभएर सातवटै प्रदेशमा यसले प्रभाव परिरहेको उनले धारणा राखे । यसमा कांग्रेस लगायत केन्द्रमा भएका सम्पूर्ण पार्टी उतिनै जिम्मेवार रहेको उनले बताए । तत्काल यी ऐन नल्याए प्रदेश नचल्ने उनको भनाई छ ।

सिडिओलाई प्रदेशको गृहमन्त्रीले चलाउन नसक्ने अवस्था रहेकोले नियम कानुन बनाएर दिन आवश्यक रहेको उनले औंल्याए ।

आइतबार, १४ पुष, २०८१, साँझको ०५:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर