विराटनगर । दक्षिण कोरियाको सोलस्थित नेपाली दूतावासले २०८१ मंसिर ३० (१६ डिसेम्बर २०२४) मा बुसान र पुस २ (१८ डिसेम्बर २०२४) मा सोलमा आयोजना गरेको “नेपालमा लगानी र व्यापारका अवसरहरू” विषयक सेमिनारमा विराटनगरका दुई युवा उद्यमी सहभागी भएका छन् ।
युवा उद्यमीहरु प्रतिक राउत र प्रत्युश राउत कोरियाको सेमिनारमा सहभागी भएका हुन् । उद्योग तथा वाणिज्यमन्त्री दामोदर भण्डारीसमेत सहभागी कार्यक्रममा नेपालमा लगानीका बढ्दो अवसरहरूलाई उजागर गर्नेछ अपेक्षा गरिएको युवा उद्यमी प्रतिक राउतले जानकारी दिए ।
नेपाल र कोरियाका व्यवसायी प्रतिनिधिहरूबीच व्यापार–व्यवसाय (बीटुबी) बैठकहरूसमेत समावेश हुनेछ । कार्यक्रम ट्रेड एण्ड इनभेस्टमेन्ट प्रोमोशन फ्रेमवर्क (टिआईपीएफ) हस्ताक्षर समारोहसँग समन्वयमा आयोजना गरिएको हो । सो कार्यक्रम पुस ३ (१९ डिसेम्बर २०२४) का दिन कोरियन चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्री (केसीसीआई) मा हुने तय गरिएको छ ।
नेपाल कोरिया चेम्बर अफ कमर्सका अध्यक्ष श्री किरण साखको नेतृत्वमा गएको कार्यक्रममा नेपालबाट सरकारी तथा निजी क्षेत्रका व्यक्तिहरु सहभागी छन् । कार्यक्रममा मन्त्री भण्डारीले नेपालमा गरिएको वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध विस्तारको ५० वर्ष पुगेको अवसरमा बुसान चेम्बर अफ कमर्सको सहयोग एवं कोरियास्थित नेपाली दूतावास कोरिया र कोरिया नेपाल इन्टरनेसनल एक्सचेन्ज एसोसिएनको आयोजनामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गदै यस्तो बताएका हुन् । कोरियाले अपर त्रिशूलीमा गरेको लगानीले यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुगेको भन्दै मन्त्री भण्डारीले प्रशंसा गरेका थिए ।