विराटनगर । विराटनगरस्थित आदर्श माविले महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ ।
विराटनगर महानगरपालिकाले शहीद रंगशालामा आयोजना गरेको प्रतियोगितामा १५ स्वर्ण, १२ कास्य र १२ वटा रजन पदकसहित आदर्शले उपाधि जित्न सफल भएको हो ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कूल २८ पदकसहित एभरेष्ट मावि दोस्रो भएको छ । दोस्रो भएको एभरेष्टले ७ स्वर्ण, ७ कास्य र १४ रजत पदक जित्न सफल भयो । ५ स्वर्ण, २ कास्य र ७ रजतसहित सत्यनारायण मावि तेस्रो भएको छ । भलिबलको स्पर्धामा छात्र र छात्रा दुवैतर्फ कान्तिपुर माविले उपाधि जितेको छ । कबड्डीको छात्रतर्फ अर्किट माविले र छात्रातर्फ मिल्स माविले उपाधि जिते । विजेता विद्यालयलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेललगायतले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
पोखरिया माविले संयोजन गरेको प्रतियोगितामा ३३ सामुदायिकसहित ६२ विद्यालयले भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट गरी ४ विधाका ६६ वटा खेलमा १ हजार ४१८ जना खेलाडीले प्रतिस्पर्धा गरेको महानगरको शिक्षा महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिए । सो प्रतियोगितामा ११७ जना प्रशिक्षक र २१ जना खेल शिक्षकले प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई प्रशिक्षण दिएको थिए । पोखरिया माविका प्रधानाध्यापक खेम भट्टराईले पोखरिया माविलाई प्रतियोगिताको संयोजन गर्ने जिम्मेवारी दिएकोमा महानगरलाई धन्यवाद दिए ।