लोड हुँदैछ...

मेनु

२२ सयले घट्यो सुनको मूल्य

२२ सयले घट्यो सुनको मूल्य

विराटनगर । आइतबार सुनको मूल्य घटेको छ । नेपाली बजारमा सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो कारोबार दिन (शुक्रबार) छापवाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds