२२ सयले घट्यो सुनको मूल्य

विराटनगर । आइतबार सुनको मूल्य घटेको छ । नेपाली बजारमा सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो कारोबार दिन (शुक्रबार) छापवाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

आइतबार, ३० मंसिर, २०८१, बिहानको ११:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर