नेप्से र कारोबार दुवै घट्यो

विराटनगर । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक र शेयर कारोबार रकम दुबै घटेको छ । यस दिन नेप्से सूचक १५.९३ विन्दुले घटेर २७३४.९३ अंकमा अडिएको छ ।

यस दिन कारोबार रकम समेत ८.४३ प्रतिशतले घटेको छ । बुधबार ९ अर्ब १३ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ८ अर्ब ३६ करोड रूपैयाँको कारोबार भएको छ ।

नेप्सेले २७८० को खड्को काट्न नसकेपछि पुनः तलतिर झर्न थालेको हो । पटक–पटकको प्रयासपछि पनि बजार २७८० माथि गएर क्लोजिङ हुन सकेको छैन ।यस दिन जीवन बिमा र व्यापार मुलुक समूह बाहेक कुनै समूहमा पनि सुधार हुन सकेन । होटेल र टुरिजम क्षेत्रको समूहमा सबैभन्दा धेरै ३.६३ प्रतिशतको गिरावट आएको छ ।

खानीखोला जलविद्युत, सुपरमादी हाइड्रो र मानुषी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ९ प्रतिशतको दरले बढेको छ । सपोर्ट माइक्रोफाइनान्सको सबैभन्दा धेरै ८.३७ प्रतिशतले मूल्य घटेको छ ।

कारोबार रकमको अधारमा नेपाल फाइनान्स पहिलो स्थानमा छ । कम्पनीको ४२ करोड रूपैयाँको सेयर कारोबार भएको छ ।
८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये जम्मा २ वटा समूहको सूचकमात्र बढेको छ । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

बिहिबार, २० मंसिर, २०८१, साँझको ०७:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर