बीआरआई परियोजना : ओलीको जिल्लामा स्पोर्ट्स कम्प्लेक्स, देउवाको जिल्लामा सिटी हल

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसिएभिट (बीआरआई)को फ्रेमर्वकमा हस्ताक्षर भएको छ ।

परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार बीआरआई परियोजनामा प्रधानमन्त्री ओलीको जिल्ला झापामा स्पोर्ट्स कम्प्लेक्सदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जिल्लामा सिटी हल निर्माणसम्मका परियोजना समेटिएका छन् ।नेपालले प्रस्ताव गरेको फ्रेमवर्कमा केही संशोधनसहित बुधबार हस्ताक्षर भएको हो।

नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका कामु सचिव अमृत राई र चिनियाँ समकक्षीले बेइजिङमा हस्ताक्षर गरेका हुन् । नेपालले प्रस्ताव गरेको ‘अनुदानमा आधारित लगानी’ भन्ने शब्दलाई परिमार्जन गरेर हस्ताक्षर भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो ।

परराष्ट्र मन्त्रालयका अनुसार टोखा–छहरे सुरुङ मार्ग, हिल्सा–सिमकोट सडक, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, डडेल्धुरास्थित अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन १र२, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स निर्माण परियोजना फ्रेमवर्कमा समेटिएका छन् ।

बुधबार, १९ मंसिर, २०८१, साँझको ०५:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर