ग्रामथान उपनिर्वाचन अपडेट : ४ बजेसम्म १८ हजार मत खस्यो

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा अपरान्ह ४ बजेसम्म करिब ७० प्रतिशत मतदान भएको छ ।

सहायक निर्वाचन अधिकृतका रामराजा पौडेलका अनुसार ४ बजेसम्म १८ हजार १८ जनाले मतदान गरेका हुन् ।

ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका छन् । १२ मतदान स्थलका २९ मतदान केन्द्रमा मतदान जारी रहेको छ । अहिलेसम्म ६९.१८ प्रतिशत मतदान भइसकेकोले ७५ प्रतिशतभन्दा बढि मतदान हुने अनुमान गरिएको छ ।

आइतबार विहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रुपमा चलिरहेको छ मोरङ प्रहरीले जनाएको छ ।

आइतबार, १६ मंसिर, २०८१, दिउँसोको ०४:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर