युएईलाई पराजित गर्दै आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा नेपाल

विराटनगर । आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटअन्तर्गत युएईलाई पराजित गर्दै नेपाली टिम विश्वकपमा छनौट भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएकोमा नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो ।

निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यु–१९ महिला विश्वकपमा छनोट भएको हो । नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाइन् । त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन् भने साबित्री धामीले १२ रन बनाइन् ।

बुधबार युएईमा भएको खेलमा ऐतिहासिक जितसँगै नेपाल आगामी वर्ष हुने मलेसियामा हुने आईसीसी यु–१९ टी–२० महिला विश्वकपमा छनोट भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो ।

यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् भने रिनिथा रञ्जितले २० रन बनाइन् । यस्तै ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए । नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन् । उनले कप्तान धर्निधरका सहित ३ खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन् । नेपालका रिया शर्मा र सीमा केसीले २(२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिइन् ।

नेपाल विश्वकपमा छनोट हुन रनरेटमा पनि यूएईलाई पछाडि पार्नेगरी जित्‍न आवश्यक थियो । यूएईले यसअघि भएको खेलमा नेपाललाई हराएको थियो । ५ खेलमा ५ नै जितसहित यूएई अंकतालिकाको शीर्ष स्थानमा थियो । नेपाल भने फाइनल खेल अघि चार जित र १ हारसहित दोस्रोमा थियो । अन्तिम खेलमा युएईलाई हराएसँगै रनरेटको आधारमा नेपाल फाइनलनमा पुगेको हो ।

बुधबार, २८ कार्तिक, २०८१, साँझको ०५:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर