लोड हुँदैछ...

मेनु

पूर्वमन्त्री अधिकारी प्रहरी नियन्त्रणमा

पूर्वमन्त्री अधिकारी प्रहरी नियन्त्रणमा

काठमाडौँ । कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।

उनलाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा काठमाडौं पठाउन लागिएको कोशी प्रदेशका डीआइजी चन्द्र कुवेर खापुङले बताए । ‘उहाँलाई काठमाडौं पठाउनका लागि व्यवस्थापन भइरहेको छ’ उनले भने ।

अधिकारीलाई विराटनगरबाट जहाजमार्फत काठमाडौँ लगिँदैछ। अधिकारीलाई आजै अदालतबाट अनुमति लिएपछि पक्राउ गरिएको हो ।काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार अधिकारीलाई पक्राउ गरी पठाउन सम्बन्धित जिल्लालाई पत्राचार गरिएको थियो।

मानव तस्कर गिरोहसँग मिलेमतो खुलिसक्दा पनि कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सांसद लीलाबल्लभ अधिकारीमाथि अनुसन्धान सुरू नभएको भन्दै गृह प्रशासनको आलोचना भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।


This will close in 20 seconds