सत्य छौ भने अनि किन डराउँछौ …२
परीक्षा दिएर उच्च अंकका साथ पास गरे भैगोे नि..
आखिर किन फत्फताउँछौ …२
गौरी घाटमा महल बन्यो रे देख्न पाएको हैन…२
अब शान्तिनगरमा उमागौरी टावर बनाउने होला..
बन्छ पनि होला किनकि उमागौरी सहकारी
आफ्नै सल्लाह अनुसार टाट पल्टाए कै हो…२
उमागौरीका ऋणी र बचतकर्तालाई छटपटी हुने बनाएकै हो …२
उनीहरुले मलाई जानीजानी चुनावमा भोट दिएर जिताएकै हो…२
सत्य छौ भने अनि किन डराउँछौ ?…२
परीक्षा दिएर उच्च अंकका साथ पास गरे भैगोे नि..
आखिर किन फत्फताउँछौ…२
गम्भीर कसुरहरुमा मृत्युदण्ड जस्तो सजायको व्यवस्था नभएकै हो …२
आफंै पर्ने भएर मान्छेलाई झुण्ड्याइने सजायको व्यवस्था नराखिए कै हो…२
त्यही भएर पो त,
नियम कानुनको हेक्का नभएर कहाँ हो र
टँुडिखेलमा झुण्डिन तयार छु भनेर बोलेकै हो…२
त्यही भएर पो त,
हेक्का भएर पनि जनतालाई इमोसनल ब्ल्याकमेलिङ गरेकै हो…२
संसदजस्तो गरिमामय थलोको अमूल्य समयमा
त्यही भएर पो त बेतुकका कुरा गरी भ्रम छरेकै हो…२
सत्य छौ भने अनि किन डराउँछौ ?…२
परीक्षा दिएर उच्च अंकका साथ पास गरे भैगो नि ..
आखिर किन फत्फताउँछौ…२
सबै जुनकिरीले बत्ती बालेर उडेको कहाँ हुन्छन् र
कुनै कुनै ‘आची’ खानेहरुले बाल्ने बत्ती नै गुमाएका हुन्छन रे
तर पनि उड्छन ‘आची’ खानेहरु, जहाँ पनि हुन्छन रे…२
सत्य छौ भने अनि किन डराउँछौ ?…२
परीक्षा दिएर उच्च अंकका साथ पास गरे भैगोे नि..
आखिर किन फत्फताउँछौ…२
लेखा समिति हो कि ‘ले’ र ‘खा’ समिति हो …२
“बा” को चाकडी गरेर सभापति भएकै हो
अब “बा” नै दाहिना भएसी,
मदन मार्ग र रतुवामा पुल बनोस् वा नबनोस् !
उमागौरीबाट आफ्नो भुँडी भरे कै हो…२
सत्य छौ भने अनि किन डराउँछौ ?…२
परीक्षा दिएर उच्च अंकका साथ पास गरे भैगोे नि
आखिर किन फत्फताउँछौ…२