विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । सुनको मूल्य बिहीबार प्रतितोला चार हजार रुपैयाँले घटेको हो ।
छापावाल सुन प्रतितोला एक लाख ६४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बुधबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला दुई हजार १५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार नौ सय ६० मा किनबेच भइरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेसँगै त्यसको प्रभाव सुनको भाउमा पनि परेको हो ।