विराटनगर । देशमा रहेको सबै संस्कृति र रीतिरिवाजको संरक्षण् गरेमात्रै आपसी सद्भाव र एकतालाई मजबुद बनाउन सकिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।
आज छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले बुहभाषी, बहुजातीय तथा बहुसंस्कृति रहेको मुलुकमा भएका सबै संस्कृति संरक्षण गर्नु पर्ने उल्लेख गरेका छन् ।
मुख्यमन्त्री कार्कीले भने ‘सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न छठ पर्वका माध्यमबाट प्रेरणा मिल्नेछ भन्ने अपेक्षा गरेको छु ।’
अस्ताउँदो र उदाउँदो सूर्यको आराधना गरी मनाइने छठ पर्व महत्वपूर्ण मौलिक पर्व रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भने ‘हर्षोल्लासका साथ धुमधामसँग मनाइने यस पर्वले धर्म, संस्कृति एवम् रीतिरिवाजको संरक्षण गर्दै हामीबीचको आपसी सद्भाव र एकतालाई अभिवृद्धि गरेको छ ।’छठ पर्वले समाजमा विद्यमान सबै प्रकारका विभेद, कुरीति एवम् विसङ्गतिको अन्त्य गरी समृद्ध नेपाल, सुखी नेपाली निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेल्ने मुख्यमन्त्री कार्कीले विश्वास व्यक्त गरेका छन्। सबै प्राणीहरुमा बिना भेदभाव समान शक्ति, ताप र प्रकाश दिने समानताको प्रतीक सूर्यको पूजा आरधना गर्दै छठ पर्व मनाइन्छ । आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम बसी भोली बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर सम्पन्न गरिन्छ ।