ज्यान मुद्दामा सर्वोच्चद्वारा दीपक मनाङेलाई ५ वर्ष कैद सजाय

विराटनगर । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे )लाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार उच्च अदालतको फैसलालाई सदर गरिदिएको हो ।

यसअघि जिल्ला अदालत काठमाडौंले मनाङेलाई २ वर्ष कैद सजाय तोकेको थियो । मनाङेले उक्त सजाय भुक्तान गरिसकेका छन् । त्यसपछि उच्च अदालतले थप ३ वर्ष कैद सजाय तोकेपछि त्यसविरुद्ध उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए ।

मङ्गलबार, २० कार्तिक, २०८१, साँझको ०६:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर