रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

विराटनगर । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।लामिछाने सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा पक्राउ परेका थिए ।

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

अब उनी कात्तिक २४ गतेसम्म कास्की प्रहरीको हिरासतमा रहनेछन् ।

सरकारी वकिलले अनुसन्धान बाँकी रहेकोले लामिछानेलाई २५ दिन म्याद थप गर्न माग गरेका थिए ।

तर न्यायाधीश पौडेलले कात्तिक १५ गतेदेखि गणना हुनेगरी १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

सहकारी ठगीको अनुसन्धानका शिलशिलामा कात्तिक २ गते पक्राउ परेका लामिछानेको यसअघि दुई पटक म्याद थप गरिसकिएको छ । यसअघि थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । ​

सूर्यदशन सहकारीको पैसा गोरखा मिडियामा लगेर हिनामिना गरेको आरोपमा उनीविरुद्ध प्रहरीले छानबिन गरिरहेको छ ।

मङ्गलबार, २० कार्तिक, २०८१, दिउँसोको ०४:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर