लामिछानेलाई तेस्रो पटक म्याद थपको लागि कास्की अदालत लगियो

पोखरा । पुर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीलाई पुनः म्याद थपका लागि कास्की जिल्ला अदालतमा लगिएको छ । लामिछाने सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा पक्राउ परेका थिए ।

कास्की प्रहरीले अनुसन्धानका लागि आज तेस्रो पटक म्याद थपको अनुमति माग्दै छ । अदालतबाट दोस्रो पटक पाएको म्याद कात्तिक १४ गते नै सकिएको थियो । यसबीचमा तिहार बिदा परेका कारण उनलाई आज अदालतमा उपस्थित गराइएको हो ।

लामिछाने सहकारीको रकम अपचलन र सङ्गठित अपराधमा गत कात्तिक २ गते पक्राउ परेका थिए । प्रहरीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा एक साथ अनुसन्धान गरिरहेको छ।

मङ्गलबार, २० कार्तिक, २०८१, बिहानको ११:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर