विराटनगर । अमेरिकामा जारी आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत नेपाल आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्दैछ ।
खेल डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेपाली समयानुसार सोमबार राति सवा ९ बजे सुरु हुनेछ।
यसअघि पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो। तर, घरेलु टोली अमेरिकासँग नेपाल दुवै खेलमा पराजित भएको थियो।
स्कटल्यान्डले भने अमेरिकासँगका दुवै खेल जितेको थियो। जारी शृंखलामा स्कटल्यान्ड र अमेरिकाले २र२ खेल जितेर समान ४ अंक बनाएका छन्। नेपालले भने ३ खेलबाट २ अंक मात्र जोड्न सकेको छ।
नेपाल आज अन्तिम खेल जित्दै अमेरिका भ्रमण सुखद् रूपमा अन्त्य गर्न चाहन्छ। स्कटल्याण्डविरुद्ध हेड टु हेडमा नेपाल अघि छ । अहिलेससम्म यी दुई टोलीले कूल ७ ओडीआई खेल खेल्दा नेपालले ४ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल जितेको छ ।