जुवाखालबाट ९ लाख नगदसहित १५ पक्राउ

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका– ३ नडाहास्थित एक घरबाट ९ लाख रुपैयाँसहित १५ जना जुवाडे पक्राउ परेका छन् ।

जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय धरानबाट परिचालन भएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख सुमनकुमार तिमिल्सिनाका अनुसार जुवाको खालबाट १२ थान मोबाइल पनि बरामद गरिएको छ । अभियुक्तहरूलाई महेन्द्रनस्थित इलाका प्रहरी कार्यलयमा राखेर अनुसन्धान थालिएको छ ।

निजहरूबाट केही सार्वजनिक (अपराध र सजाय)ऐन, २०२७ को बर्खिलाप कसूर भएकाले सोही ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ ।

आइतबार, १८ कार्तिक, २०८१, रातीको ०८:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर