साफ महिला च्याम्पियनसिप : बंगलादेश लगातार दोस्रोपटक बन्यो च्याम्पियन

काठमाडौं । नेपाललाई २–१ ले पराजित गर्दै साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि बङ्लादेशले जितेको छ । बङ्लादेशले लगातार दोस्रो पटक उपाधि जितेको हो ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बङ्लादेशलाई जित दिलाउन मोनिका चक्मा र रितु पोर्ना चक्माले गोल गरिन् । नेपालकी अमिशा कार्कीले गोल फर्काए पनि नेपालको हार टार्न सकिनन् । ।

खेलको ५२औं मिनेटमा मोनिका चक्माले गोल गर्दै बङ्लादेशलाई अग्रतामा राखेकी थिइन् । कप्तान सविना खातुनले नेपाली रक्षकबाट भएको गल्तिको फाइदा उठाउदै निकालेको बललाई नियन्त्रणमा लिदै मोनिकाले गोल गरेकी थिईन् ।

तर नेपालले चार मिनेटमै गोल फर्कायो । नेपालकी अमिशा कार्कीले गोल गर्दै नेपाललाई बराबरीमा फर्काएकी हुन् । प्रीति राईले निकालेको थ्रु बललाई नियन्त्रणमा लिदै अमिशाले सहजै गोल गरिन् ।

८१औं मिनेटमा रितु पोर्ना चक्माले गोल गर्दै बङ्लादेशलाई २–१ को अग्रतामा राखिन् । यसअघि सन् २०२२ को संस्करणमा नेपाललाई बाङ्लादेशले ३–१ ले हराएको थियो ।

नेपाली महिला टिमले हारेको यो १२औं फाइनल हो । साफम मात्रै नेपाल फाइनलमा पराजित भएको यो छैटौं पटक हो ।

बुधबार, १४ कार्तिक, २०८१, रातीको ०८:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर