अष्ट्रेलियामा विराटनगर समाज स्थापन

सिड्नी । विभिन्न उद्देश्यका साथ विराटनगरबाट अष्ट्रेलियामा गई बसोबास गर्दै आएका नेपालीहरु संगठित भएका छन् ।

आइतबार अष्ट्रेलियाको सिड्नीमा विराटनगर समाजको स्थापना गरिएको छ । नेपालीहरूको एकताका लागि विशेष महत्व राख्ने ‘विराटनगर समाज अस्ट्रेलिया’ विराटनगरका विवेक पुरीको अध्यक्षतामा गठन भएको हो ।

समाजको उपाध्यक्षमा टार्जन बुढाथोकी र महासचिवमा दिपेश धिमाल चयन भएका छन् । यस्तै समाजको सचिवमा समिक्षा सुवेदी र कोषाध्यक्षमा रवि कार्की चयन भएका छन् । राज फुयाँल अनुपमा बाँस्तोला र धिरज सिंह समाजको कार्यकारी सदस्य रहेको अध्यक्ष पुरीले जानकारी दिए । समाजको उद्घाटन हिमालय मातृभूमि फाउन्डेसन नेपालका अध्यक्ष टिकाराम पुरीले गरेका थिए । प्रवासमा सिकेका सीप र प्रविधिलाई स्वदेशमा प्रयोग गरे नेपाल चाँडै समृद्ध बन्ने उनले बताए ।

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, अष्ट्रेलियन एजुकेसन कन्सल्टेन्ट्स एसोसिएसनका उपाध्यक्ष सत्य कँडेल, र अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष भूपाल सिटौलासहितको सहभागिता थियो ।

सोमबार, १२ कार्तिक, २०८१, बिहानको ११:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर