लोड हुँदैछ...

मेनु

जुवा तास खेल्ने १३ जना पक्राउ, झण्डै ६ लाख रुपैयाँ बरामद

जुवा तास खेल्ने १३ जना पक्राउ, झण्डै ६ लाख रुपैयाँ बरामद

विराटनगर । उदयपुर र मोरङ जिल्लाबाट जुवा तास खेल्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ८ गते दिउँसो उदयपुरको त्रियुगा नगरपालिका–९ मा रहेको बोईलर कुखुराको फर्ममा जुवा खेलिरहेको टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–९ का ३७ बर्षीय राजु कार्की, त्रियुगा–१५ का ३४ बर्षीय बिजय राई, त्रियुगा–११ का ५० बर्षीय रबिन्द्र राई, त्रियुगा–१२ का ५३ बर्षीय बसन्त राई, त्रियुगा–१० का ४५ बर्षीय गेशराज राउत, त्रियुगा–१३ का ६२ बर्षीय पदम राई, रौतामाई–७ का ३४ बर्षीय कमल तामाङ, रौतामाई–७ का ३५ बर्षीय मनोज मगर र रौतामाई–५ का ४१ बर्षीय जय कुमार राईलाई पक्राउ गरेको हो । प्रहरीले जुवाको खालबाट नगद ४ लाख १४ हजार ५ सय ७५ रुपैयाँ र कौडा १६ थान समेत बरामद गरेको छ ।

त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले सुनवर्षी नगरपालिका–९ स्थित कहरसिंह राजवंशीको घरमा जुवा तास खेलीरहेको अवस्थामा ५३ वर्षीय कहरसिंह राजवंशी, ४७ बर्षीय सुरेश प्रसाद साह, सुनवर्षी–६ का ३७ बर्षीय नित्यानन्द सुतिहार र रंगेली–७ का ४६ बर्षीय उमेश पौदारलाई नगद १ लाख ८२ हजार रुपैयाँ र ४ बुङ् तास सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरुको विषयमा थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।