टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका २ किस्तीपुलमा टिफरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्गमा बेलबारीबाट बिराटचोक तर्फ जादै गरेको को १ क ३४१७ नम्बरको टिपरले बिपरित दिशाबाट आउदै गरेको को २८ प ६१३२ नम्बरको स्कुटलाई ठक्कर दिई सवारी दुर्घट्ना हुदा आज स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक चालकको तत्काल नामथर वतन नखुलेको अन्दाजी ३० देखि ३२ वर्षकी महिला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए । मृतकको विराटनगरस्थित कोशी अस्पतालमा पोस्मार्टमको लागि राखिएको छ । टिपर चालक तत्काल फरार रहेकोले खोजी कार्य तिव्र बनाएको प्रहरीले जनाएको छ ।

बिहिबार, ०८ कार्तिक, २०८१, साँझको ०६:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर