मुख्यमन्त्रीले विश्वासको मत नमागेकोमा लिम्बूको गुनासो

विराटनगर । जनता समाजवादी पार्टीका नेता निर्मला तावा लिम्बूले आफूसँग मुख्यमन्त्रीले विश्वासको मत नमागेकोमा गुनासो गरेकी छन् ।

पहिले सधैं कार्कीलाई मत दिँदै आएको भए पनि यस पटक मुख्यमन्त्री कार्कीले खोला तर्यो लौरी बिर्सियो झैं गरेको बताएकी हुन् । उनले भनिन् ‘अहिले पनि उहाँलाई विश्वासको मत दिने निर्णय हुने सम्भावना थियो तर उहाँले पहिले मत लिनुभयो, मैले सधैं दिएँ पनि तर यस पटक ताकपरे तिवारी नत्र गोतामे जस्तो व्यवहार गरियो । यसमा मलाई दुःख पनि लागेको छ । यति हुँदा हुँदै पनि मुख्यमन्त्रीलाई समर्थन दिन चाहन्छु ।’

उनले प्रदेशको समस्या समाधान गर्न र दण्डहीनताको अवस्था अन्त्य गर्न सरकारले काम गर्नुपर्ने पनि बताएकी छन् । उनले ताप्लेजुङको जनतालाई जबरजस्ती हिंसामा तान्ने प्रयत्न गरेको भन्दै केवलकार बनाउने नाममा जनताका बिचमा द्वन्द्व ननिम्त्याउन आग्रह गरिन् ।

उनले कोशी प्रदेशमा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू गर्न राष्ट्रिय भाषा आयोगले दिएको निर्देशन तत्काल लागू गर्न आग्रह गरिन् ।

शुक्रबार, ०४ असोज, २०८१, दिउँसोको ०४:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर