कृषि एक्स्पोको प्रचण्डद्वारा अवलोकन

विराटनगर । पूर्वप्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ मोरङको कटहरीमा जारी कृषि एक्स्पो अवलोकन गरेका छन् ।

शनिबार एक्स्पोमा पुगेका प्रचण्डले कृषि क्षेत्रको प्रवद्र्धनबाट नै देश विकासले गति लिनसक्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले कटहरीस्थित कृषि थोक बजारमा आयोजना गरेको एक्स्पो अवलोकन गर्न पुगेका थिए । प्रचण्डलाई महासंघ कोसी अध्यक्ष राजेन्द्र राउतसहित पदाधिकारीले स्वागत गरेका थिए ।

एक्स्पोमा राखिएका स्टलका बारेमा जानकारी लिँदै प्रचण्डले महासंघ प्रतिनिधिहरुसँग छलफल गरेका थिए । महासंघका अध्यक्ष राउतले कोशी प्रदेशका किसान, उद्यमी र लगानीकर्तालाई एकै थलोमा भेला पारिएको बताए । कृषि क्षेत्रका समस्या पहिचान गरी समाधानका उपाय खोज्न र अबका योजना पहिल्याउन एक्स्पो सहयोगी हुने उनको भनाइ थियो ।

प्रचण्डले यस किसिमका आयोजनाले कृषि क्षेत्रको उन्नयनका लागि सहयोग पुग्ने बताउँदै कृषिमा आश्रित किसानको जीवनस्तर सुधार गर्न यान्त्रीकरण र आधुनिक प्रविधि अपनाउन आवश्यक रहेको बताए । महासंघले गरेको प्रयास उदाहरणीय भएको उनको भनाइ थियो ।

शनिबार, २९ भदौ, २०८१, दिउँसोको ०१:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर