विराटनगर । सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) उच्च अङ्कले घटेको छ ।
आज नेप्से परिसूचक ५८.८६ अङ्कले घटेर २६४६.०३ को विन्दुमा अडिएको हो । अघिल्लो दिन आइतबार मात्रै नेप्से परिसूचक २५.४६ अङ्कले घटेर २७०१.९० को विन्दुमा अडिएको थियो ।
आज बजारमा २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयरको खरिदबिक्री हुँदा १० अर्ब १२ करोड २४ लाख ८ हजार रुपैयाँको कारोबार भएको थियो ।
आज २ करोड ९ लाख १७ हजार ९८२ कित्ता शेयरको खरिदबिक्री हुँदा ९ अर्ब ३६ करोड ९८ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार उपसमूहतर्फ रहेका १३ वटै समूहहरूको शेयर घटेको छ ।
आज हाथवे इन्भेस्टमेन्ट नेपाल, नेपाल वेयरहाउजिङ कम्पनी, इमर्जिङ नेपाल र सीईडीसी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।
उनन्ती सहकार्य लघुवित्त वित्तीय संस्था, श्रृजनशिल लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
त्यस्तै, कारोबारका अधारमा सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३७ करोड ५७ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।