रोकिएन शेयर बजारको ओरालो यात्रा, नेप्से २७०० विन्दुमुनी

विराटनगर । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक घटेर २७०० विन्दुभन्दा तल झरेको छ । अघिल्लो साता २०० अंकभन्दा धेरै झरेको नेप्से आज पनि घटेर करिब एक महिनापछि २७०० विन्दुभन्दा तल झरेको हो ।

यस अघि गत साउन २२ गते नेप्से २७०० विन्दुभन्दा तल बन्द भएको थियो । सो दिन नेप्से २६५१.३२ विन्दुमा बन्द भएको थियो । त्यसपछि लगातार बढेको ३ हजार बिन्दु टेकेकको नेप्से लगातार घटिरहेको छ ।

आइतबार नेप्से परिसूचक ५३.६३ अंक घटेर २६९५.९३ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ८.९१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.६८ अंक घटेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १२ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३७ स्टकको १ लाख ३० हजार ६३२ पटकको कारोबारमा १० अर्ब ५१ करोड ७६ लाख रुपैयाँ बराबरको २ करोड ६२ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन एक स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने तीन स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सुपर माई हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यस दिन हिमालयन पावर पावर्टनको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ ।

कारोबारमा आएको पिपुल्स हाइड्रोपावर कम्पनी, माइ खोला हाइड्रोपावर र थ्रि स्टार हाइड्रोपावरको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा यस दिन गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको यस दिन ५२ करोड ३१ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्स र नेपाल फाइनान्सको ३३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

बजारका १३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.८० प्रतिशत बढेको छ । यसदिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४४ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा धेरै घटेको छ भने विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरै घटेको छ ।

आइतबार, १६ भदौ, २०८१, दिउँसोको ०३:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page