चौतर्फी आलोचनापछि मधेस सरकारका ८ राज्यमन्त्री बर्खास्त

विराटनगर । मधेस सरकारले प्रदेश सरकारका ८ जना राज्यमन्त्रीलाई मुख्यमन्त्री सतिसकुमार सिंहले बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री कार्यालयका अनुसार हालै नियुक्त भएका ८ राज्यमन्त्रीलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई मंगलबार पत्र पठाइएको छ ।

केन्द्रको सत्तारुढ दलहरूको सहमति अनुसार मुख्यमन्त्री सिंहले सबै राज्यमन्त्रीहरूलाई हटाउने निर्णय लिएका हुन् । जम्बो मन्त्रीमण्डल विस्तार गरेको भन्दै चौतर्फी आलोचना भएपछि राज्यमन्त्रीलाई हटाउने निर्णय गरिएको मुख्यमन्त्री सिंहले जानकारी दिए ।

मुख्यमन्त्री सिंहले साउन २० मा एमालेका मोहम्मद जैद आलम, लोसपाका रामवावु यादव, जनमतका शम्भु कुमार साह, कांग्रेसका रेखा ठाकुर र निलम कुमारीलाई राज्यमन्त्री नियुक्त गरेका थिए । यसअघि नै एमालेका केशव राय र शारदादेवी थापा तथा जनमतका रन्जु खंग राज्यमन्त्री नियुक्त भएका थिए । उनीहरूलाई पनि हटाइएको छ ।

प्रदेश प्रमुखको कार्यालयका टिकाराम उप्रेतीले ८ वटै राज्यमन्त्रीहरूलाई पदमुक्त गर्न मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको पुष्टि गरेका छन् । अब मधेश प्रदेशमा मुख्यमन्त्रीसहित १२ मन्त्री रहनेछन् ‌।

मङ्गलबार, २९ साउन, २०८१, दिउँसोको १२:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर