विराटनगर । मोरङमा एक जना डाक्टर मृत फेला परेका छन् । उर्लाबारीमा रहेको अरनिको अस्पतालमा कार्यरत ३५ वर्षीय डाक्टर मनिषकुमार यादव मृत भेटिएका हुन ।
डाक्टर यादव बिहीबार बिहान कोठामै मृत भेटिए इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए । मृतक यादवको घर सिराहा हो । ‘डाक्टरले मानसिक रोगको औषधि पनि सेवन गरेको पाइयो,’ प्रहरी निरीक्षक दासले भने ‘ थप पोष्टमाटम पछि खुल्दै जाला ।’
यादवका आफन्तहरू आएपछि पोष्टमाटमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।