विराटनगर । लगातारको वर्षापछि सुनसरीको बुढी खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
बिहानैदेखिको अविरल वर्षाको कारण बुढी खोलामा आएको बाढीले सुन्दरहरैचा ५ का स्थानीय चार जनालाई बगाएको हो ।
तीमध्ये एक जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरीको टोली घटनास्थल पुगेर उद्धारको काममा जुटिसकेको छ । मृतक तथा बेपत्ताको पहिचान खुलिसकेको छैन । बाँढीले बगाएका दुई जनालाई प्रहरीले सकुशल उद्धार गरेको बताइएको छ ।
जल तथा मौसम विभागले आज बिहान ११ बजेदेखि नै उक्त खोलामा पानीको बहाव उच्च भएकाले सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दासँग आग्रह गरेको छ । दिउँसो ३ बजेसम्म खोलामा बहाव उच्च रहने भन्दै एसएमएस सन्देशमार्फत विभागले सतर्क रहन आग्रह गरेको हो ।