झापामा चट्याङ लागेर दुई जनाको मृत्यु

विराटनगर । झापामा अविरल वर्षासँगै परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार बिहान चट्याङ लागेर कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका– ८ का ४२ वर्षीय विकास गिरीको मृत्यु भएको हो ।

खेततर्फ खनजोत गर्न जाने क्रममा अचानक परेको चट्याङ लागेर खड्का घाइते भएका थिए । उपचरार्थ दमकस्थित आम्दा अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

यता, गिरी स्थानीय सीताराम दाहालको खेतमा धानको बीउ छर्न गएका बेला चट्याङले लागेको थियो । उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।

मङ्गलबार, १२ असार, २०८१, बिहानको ११:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर