लोड हुँदैछ...

मेनु

झापामा चट्याङले लागेर एक जनाको मृत्यु

झापामा चट्याङले लागेर एक जनाको मृत्यु

झापा । झापामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका २ स्थित समाईगढ निवासी ४६ वर्षीय राजन खड्का रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज बिहान ७ बजेको समयमा आफ्नै घरबाट खेततर्फ जाने क्रममा उनीमाथि चट्याङ परेको थियो । चट्याङ लागेर घाइते भएका खड्कालाई उपचारको लागि आम्दा अस्पताल दमक पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।