विराटनगर । विराटनगर –१० का ६४ वर्षे गजेन्द्रप्रसाद साहमिटरब्याजको जालोमा परेपछि घरबारविहीन हुनेअवस्थामा पुगेका छन् ।जग्गा कारोबार गर्ने गरेका साहले १४ वर्षअगाडि मोरङको कटहरी गाउँपालिका २ घर भईहाल विराटनगर महानगरपालिका ७ मा बसोबासगर्दै आएका ५३ वर्षे संजयकुमार करवासँग २५लाख रुपैयाँ कर्जा लिएका थिए ।करवासँग उनले विराटनगर १० मा रहेकोकिता नं. १३३७-६९५ को १ कठ्ठा साढे १८ धुरमा बनेको एक तले घर अनिताकुमारी साहको नाममा राजिनामा गरेर १२ असोज २०६७ मा २५लाख रुपैयाँ लिएका हुन् ।
२५ लाख रुपैयाँकोब्याज र साँवा गरी उनले १ करोड १२ लाख रुपैयाँबुझाइसक्दा पनि अझै घरजग्गा आफ्नो नाममा फर्किएको छैन । बरु अझै करवाले ३ करोड रुपैयाँ पाउनु पर्ने दाबी गरिरहेको साहले बताए ।साहको उक्त जग्गा र घर अहिले अनिताकुमारीको नामबाट करवाको नाममा पुगेको छ ।करवाले भने अनिताकुमारी साहसँग जग्गासहितकोघर २६ लाख ११ हजार रुपैयाँ खरिद गरेको बताउने गरेका छन् ।
‘ऋण तिर्दातिर्दा भएको सम्पत्ति सबै रित्तियो । तर ऋण अझै बाँकी छ भन्न साहुले कहिल्यै छोडेनन्,’ पीडित साहले भने, ‘२५ लाख ऋण लिएको हो । अहिलेसम्म १ करोड १४ लाख तिर्दासमेत ऋण चुक्ता भएन ।’ साहुले अझै साँवा र ब्याज गरेर तीन करोड बाँकी रहेको भन्दै आफूलाई सो रकम तिर्न ताकेता गरिरहेको उनको गुनासो छ । ताकेता गरेर हैरान बनाएपछि उनले २०७९ जेठ ५ गते जिल्ला प्रशासन कार्यालय मोरङमा करवाविरुद्ध मिटरब्याजमा उजुरी दिएका छन् । सो उजुरी अहिले विचारधीन छ ।
चलनचल्तीको ऋण भनेर लिएको रकम अहिले बल्ल आफू ‘मिटर ब्याज’को जालोमा जेलिएको उनले बताए । ‘तीन करोड दिए घर फिर्ता गरिदिने भनिरहेका थिए । आइतबार एक्कासी नगर प्रहरी र जिल्लाबाट खटिएको प्रहरी लगाएर घर खाली गराए । घरको सबै सामान बाहिर निकाले । त्यसपछि महानगरपालिकमा हारगुहार गरेपछि २१ दिनको समय थप गरिएको छ,’ उनले भने, ‘महानगरपालिकाले पनि २१ दिनभित्र घर खाली गर्नु भनेको छ । चलनचल्तीको ऋण भनेर लिएको रकम मिटर ब्याजमा असुली गर्न खोजेपछि समस्यामा परेको छु,’ गहभरी आँसु पार्दै साहले भने, ‘वृद्ध अवस्थामा छोराछोरी लिएर अब कहाँ जाउँ ?’ उनले यसरी मिटरब्याजमा ऋण लगाएर उडिबास गर्न खोज्ने करवालाई कारवाहीको दायारमा ल्याउन प्रशासनसँग माग पनि गरेका छन् ।
विराटनगरमा मिटर ब्याजको आंतक सिर्जना भएको छ । यसअघि पनि विराटनगर १८ का दिमादिगी र लावघाटका एक दर्जन बढी मिटरब्याजबाट पीडित छन् । उनीहरूले विराटनगर १८ मटेरूवा घर भएका मिटरब्याजी ५३ वर्षीय सुनिल साहबाट पीडित भएको उजुरी जिल्ला प्रशासन कार्यालय मोरङमा छ । उजुरी दिएको महिनौ बितसिक्दा पनि मिटरब्याजी साहविरुद्ध स्थानीय प्रशासनले कुनै कारवाही गरेको छैन ।
साहबाट पीडित भएकाहरू विराटनगर १८ दमादीगीका ४८ वर्षीय दिलीपकुमार अमात, सोही ठाउँका ६८ वर्षीय महेशलाल मण्डल, विराटनगर १८ लावघाटकी ४५ वर्षीय मिनादेवी मण्डल, ४५ वर्षीय रमानन्द मण्डल, ४५ वर्षीय खिकीरी देवी साह, ४७ वर्षीय नारयण साह, अरुण मण्डलले मिटरब्याजी साहविरुद्ध उजुरी दिएका छन् । पीडितहरुले जग्गा फिर्ता गरी मिटरब्याजमा ऋण लगानी गरी गरिबलाई उठिबास लगाउनेलाई कारवाहीको दायारमा ल्याउनुपर्ने मागसहित प्रशासनमा ११ फागुनमा उजुरी दर्ता गराएका हुन् ।
गृह मन्त्रालयले मिटरब्याज पीडितलाई प्रशासनमा उजुरी दिन आव्हान गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा मात्र २२० भन्दा बढी मिटरब्याज पीडितले निवेदन दर्ता गराका थिए । त्यसमध्ये ५७ वटा निवेदन उपर दुवै पक्षबीच सहमती भएको छ । १५ वटा निवेदन दुवै पक्षबीच सहमती हुन नसकेपछि अदालत पठाएको छ भने १६३ निवेदन विचारधीन रहेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
कर्जा दिएको हो, मिटरब्याज होइन् : करवा
संजयकुमार करवाले गजेन्द्र साहलाईसयकडा १० का दरले ब्याजमा कर्जा दिएकोबताएका छन् । १५ माघ २०७४ मा ५० लाखरुपैयाँ गजेन्द्रलाई कर्जा दिएको तर मिटरब्यजामा लगानी नगरेको उनले दाबी गरे ।कर्जाको साँवा र ब्याज नदिएपछि जिल्लाअदालत मोरङमा लेनदेन मुद्दा पनि हाले । मोरङअदालतले पनि २७ असार २०७९ मा तमसुकमाभए बमोजिमको कर्जाको सावा र ब्याज भराउनआदेश दिएको छ । जिल्लाको आदेश पनि उच्चअदालतले सदर गर्दै मेरै पक्षमा फैसला आएको छ । अहिलेसम्म साँवा र ब्याज एक रुपैयाँ पनि पाएको छैन,’ उनले भने, ‘घर र जग्गा हकमा भनेत्यो मैले अनिताकुमारी साहसँग २०६७ असोज १२ गते २६ लाख ११ हजार रुपैयाँमा किनेको हो ।