गुणस्तर सुधारको प्रयासले अभिभावकको मन जित्न सफल सुकुना मावि

गुणस्तर सुधारको प्रयासले अभिभावकको मन जित्न सफल सुकुना मावि

विराटनगर ।विद्यार्थी अभावका कारण धेरै सामुदायिक विद्यालयहरू आपसमा गाभिएर चलाउनु पर्ने अवस्थामा पुगेका छन् । धेरै विद्यालयका शिक्षकहरु विद्यालय भर्ना अभियानका क्रममा विद्यार्थी खोज्न घर–घरमा पुगिरहेका हुन्छन् । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा खच्किएका कारणले अविभावकहरुले झट्ट विश्वास नगर्दा सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएका धेरै उदाहरण पनि छन् ।

तर, मोरङको सुन्दरहंैचामा रहेको सुकुना माध्यमिक विद्यालयको अवस्था भने फरक छ । नगरपालिका भएर पनि ग्रामीण परिवेशमा सञ्चालन भइरहेको यो विद्यालयमा अटाइनअटाइ विद्यार्थीहरु छन् । यस शैक्षिक सत्रमा विद्यालयमा ४ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।
२०२९ सालमा गाउँलेहरू मिलेर बाँसको टाटी बारेर सुकुना पैनिसँगै जोडिको जमिनमा स्कुल बनाएकोले त्यसको नाम पनि सुकुना राखिएको थियो । ५२ वर्षको अवधिमा यो विद्यालयले राम्रो फड्कोमारेको छ । यससँगै खुलेका अ रु विद्यालयहरूले आफ्नो भौतिक संरचना बाहेक खासै परिर्वतन गर्न सकेका छैनन् तर सुकुनाले भौतिक पूर्वाधारसँगै अध्ययन अध्यापनको गुणस्तर र प्रविधिमा पनि राम्रो उन्नति गरेको छ ।

विद्यालयमा पढ्ने विद्यार्थी विद्यालयमा गए नगएको अब घरमै बसेर अभिभावकले थाहा पाउने भएका छन् । ‘विद्यार्थीहरूलाई हामी स्मार्ट कार्ड बाँड्दै छौ,’ प्रअ ‘हिकमत बहादुर बस्नेतले भने विद्यार्थी गेटमा प्रवेश गर्दा र निस्कँदा अभिभावकको मोबाइलमा म्यासेज जान्छ ।’ उनले विद्यार्थी तोकिएको समयमा विद्यालयमा नआउँदा पनि म्यासेज जाने गरेको बताए । स्मार्ट कार्ड छपाइको काम भइरहेकाले ढिलोमा एक हप्ताभित्रमा प्रयोग गरिने उनले बताए ।

विद्यालयको गेटमा स्मार्ट एटेन्डेस सिस्टम जडान गरिँदै छ । सिस्टम शिक्षक सप्टवेरमा कनेक्सन गराइएको हुन्छ । गेटमा दुई वटा एलसिडी राखेर त्यही एलसिडीले स्मार्ट कार्डको रिड गर्ने व्यवस्था मिलाइएको छ । विद्यार्थीले स्मार्ट कार्ड झुन्डाएपछि ५ मिटर वरपरसम्मको त्यसले रिड गर्नेगरी बनाइएको विद्यालयले जनाएको छ । म्यासेज पठाउन विद्यालयले नेपाल टेलिकमसँग सम्झौता गरिसकेको छ । स्मार्ट बोर्ड अनिवार्य गरिएको छ । विद्यालयमा उपस्थित भएको समयसहितको सूचना अविभावकलाई पुग्ने भएकोले आफ्ना छोराछोरी विद्यालयमा भए नभएको बारेमा अविभावक जानकार हुने विद्यालयको विश्वास छ ।

बिहान र दिउँसो गरी दुई सिफ्टमा पढाइ हुने विद्यालयका बिहानी कक्षाका विद्यार्थीहरुले दिउँसो अनिवार्य कोचिङ पढ्नु पर्ने व्यवस्था मिलाइएको छ । सूचना प्रविधिलाई प्राथमिक दिएका कारणले पनि यो विद्यालयलाई सफलता मिलेको छ । । नेपाली र अग्रेंजी दुईवटै माध्यमबाट पढाइ हुने गरेको छ । खुला प्रतिस्पर्धा गराएर नै शिक्षक राख्ने गरिएको छ । निजी स्रोतबाट पढाउने शिक्षकलाई पनि राम्रो सेवा सुविधा दिने गरेको विद्यालयले जनाएको छ । सरकारी स्रोतबाट तलब लिने शिक्षकको संख्या नै ८४ जना छ । निजी स्रोतबाट पारिश्रमिक लिने शिक्षकको संख्या ८६ जना छ । विद्यालयमा शिक्षक र कर्मचारी गरी १५६ जना कार्यरत रहेका बताइएको छ । अभिभावकहरूले विद्यालयलाई सहयोग गरेका कारणले नै सफलता मिलेको शिक्षकहरू बताउँछन् । ३५ वटा कक्षा कोठामा स्मार्टबोड मार्फत पठन पाठन गर्ने गरिएको छ । अन्य सबै कक्षामा प्रोजेक्टर जडान गरिएको छ । शैक्षिकसत्र सुरु हुनु भन्दा अगाडि शिक्षकहरूलाई तालिम दिने गरिएको छ । । ६३ जना शिक्षकलाई ल्यापटप वितरण गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

यस विद्यालयमा पूर्वआधारभूतदेखि कक्षा १२ सम्म पढाइ हुन्छ । विज्ञान, व्यवस्थापन र सिभिल इन्जिनियरिङ, होटेल म्यानेजमेन्ट र कानुनको पढाइ हुने गरेको छ ।
सुकुना २०७५ सालमा राम्रो नतिजा ल्याउन सफल विद्यालयमध्ये राष्ट्रिय स्तरमा नै दोस्रो भएको थियो । यहाँ विद्यार्थीलाई पढाइको बोझ पार्न नपाइने नियम विद्यालयले नै बनाएको छ । ‘पठनपाठन लगायत देखिएका ९० प्रतिशत समस्याको समाधान गर्न विद्यार्थीलाई नै भनेका छांै,’ प्रअ बस्नेतले भने ‘विद्यार्थीले सकेनन् भने मात्रै हामी सघाउँछौ ।’ शिक्षकसँग ज्ञान छ भनेर सुरुमै समस्यासँग जुध्न नदिई विज्ञता देखाउन नहुने उनको तर्क छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्