विराटनगरमा द स्किन स्टुडियो संचालनमा

विराटनगर । विराटनगर – ७ हस्पिटल चोकमा ‘द स्किन स्टुडियो’ संचालनमा आएको छ । वरिष्ठ छाला चर्म, यौन तथा कुष्ठरोग विशेषज्ञ डा. ज्योती कार्कीले उक्त स्टुडियो बिहीबार एक कार्यक्रम आयोजना गरी संचालनमा ल्याएकी हुन् ।

स्टुडियोको उद्घाटन विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले गरिन् । कोशी अस्पतालमा समेत कार्यरत डा।कार्कीले विराटनगरमा पहिलो पटक अत्याधुनिक उपककरणहरु जडान गरि द स्किन स्टुडियो संचालनमा ल्याएकी छिन् ।

स्टुडियोमा डर्मा फिलर, माइक्रोनेडलिंग, कपालको पीआरपी, रासायनिक पिलिङ्ग, हाइड्रोफेसियल, कानको लोबको शल्यक्रिया, तिल, मुसा, मिलिया, दाग हटाउनेलगायतकासबै प्रकारका छाला रोगहरूको उपचार हुने उनले बताइन् । ओपीडि सेवा, इलेक्ट्रोकटरी, माइनजर ओटी, एक्सिजनलगायतका सेवाहरु संचालनमा रहेको छ ।

कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, विराटनगर ७ का वडाअध्यक्ष मधुबावु तिवारी, कोशी अस्पताल विकास समिति अध्यक्ष डा. फरर्वड सिलवाल, छालारोग विशेषज्ञ डा। अभिनारयण घिमिरे, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

शनिबार, १२ जेठ, २०८१, साँझको ०७:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर