विराटनगर । सरकारी व्यवहारकै कारण गणेश नेपालीले आत्मदाह गर्नुपरेको भन्दै युवाहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले सरकार र प्रधानमन्त्री बालेन्द्र शाहप्रति तीब्र आक्रोशयुक्त प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
उनीहरु ‘बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा भेला भएका छन्। गणेश नेपालीको मृत्युको कारण सरकार भएको भन्दै उक्त घटनामा संलग्नलाई कारबाहीको माग राखेर युवाहरूले प्रदर्शन गरेका हुन् ।
राज्य आतंका मुर्दावाद, बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो, हत्यारा सरकार मुर्दावाद लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर युवाहरूले प्रदर्शन गरेका हुन् ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।