टी–२० श्रृङ्खला : आज नेपालले आयरल्याण्डविरुद्ध दोस्रो खेल खेल्दै

काठमाडौं । टी–२० श्रृङ्खलामा शनिबार नेपालले आयरल्याण्डविरुद्ध दोस्रो खेल खेल्दै छ। खेल दिउँसो १ बजे शुरु हुनेछ ।

यसअघि हिजो भएको पहिलो खेलमा लोकश बमको सतकिय विस्फोटक ब्याटिङका बाबजुद नेपाल पराजित भएको छ। सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको हो ।

जितका लागि २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९।३ ओभरमा अलआउट हुँदै २०१ रनमा समेटीएको छ । नेपालका लागि लोकेश बमले बिस्फोटक ब्याटिङ गर्दै १०६ सतकिय पारी खेले पनि जित दिलाउन सकेनन् । जितसँगै आयरल्याण्डले सिरिजमा १–० को अग्रता बनाएको छ।

शनिबार, १७ चैत, २०८०, बिहानको ०७:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर