दोस्रो आवधिक योजनाका लागि सुझाव सङ्कलन

विराटनगर ।  कोशी प्रदेशको दोस्रो आवधिक योजनाको अवधारणा पत्र तयारी गर्न प्रदेश योजना आयोगले उदयपुरमा सुझाव सङ्कलन गरेको छ ।बिहीबार उदयपुरको गाईघाट स्थित जिल्ला समन्वय समितिको सभा हलमा सुझाव सङ्कलन गरेको हो ।

उत्पादनमुखी क्षेत्रमा लगानी वृद्धि गरी आय र मर्यादित रोजगारीका अवसरमा वृद्धि गर्नु, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा गुणात्मक सुधार गर्दै उन्नत मानव संसाधन विकास एवम् समतामूलक समाजको आधार निर्माण गर्नु, गुणस्तरीय दिगो भौतिक पूर्वाधारको विकास गर्नु, जलवायु अनुकूलन गर्दै वन, वातावरण, जलाधार र जैविक विविधताको संरक्षण गर्नु र सुशासनको अभिवृद्धि गर्नका लागि कोशी प्रदेशका १४ वटै जिल्लाबाट सुझाव सङ्कलन गर्ने उद्देश्यले जिल्ला–जिल्लामा पुगेर सुझाव सङ्कलन सुरु गरिएको प्रदेश योजना

देशमा अहिले ४ वटा निकायले आवधिक योजना बनाई रहेको भए पनि कोही कसैले पनि एक आपसमा समन्वय नगरेको र आफू खुसी ढङ्गले काम भइरहेको भन्दै यस्ता आफू खुस्का जति योजना बनाए पनि त्यो प्रभावकारी नहुने आयोगका उपाध्यक्ष पुरञ्जन आचार्यले बताए ।

सहभागीहरूले यसअघि जिल्लाबाट पठाइएको योजना तथा सुझाव प्रदेश सरकारबाट कार्यान्वयन नभएको गुनासो गरेका छन् । प्रदेश सरकारले अब बनाउने आवधिक योजनामा जनस्तरका सुझावलाई समेत समेटेर आवधिक योजना निर्माण गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

उदयपुर विकास बोर्डका अध्यक्ष तथा त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेतले उदयपुरको मुख्य राजमार्ग मदन भण्डारी राजमार्गलाई जिल्लाका सम्पूर्ण पालिकाहरूलाई जोड्ने गरी लिङ्क राजमार्ग निर्माण गर्नु पर्ने बताए । धार्मिक, सांस्कृतिक पर्यटनको विकासका लागि प्रदेशका सम्पूर्ण पालिकाका महत्त्वपूर्ण सांस्कृतिक र ऐतिहासिक स्थानहरूलाई पहिचान गरी त्यसको संरक्षण र प्रवर्द्धन गर्न लाग्नु पर्ने मेयर बस्नेतले सुझाव दिए ।

बिहिबार, १५ चैत, २०८०, साँझको ०६:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर