काठमाडौं । सम्पर्कविहीन रहेका २३ कर्मचारीलाई हाजिर हुन आउन नेपाल प्रहरीले निर्देशन दिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले मंगलबार सूचना जारी गरी सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो।
आफूखुशी गैरहाजिर रहेका र खोजी गर्दा समेत सम्पर्कमा नआएका २३ जनालाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो।
लामो समयसम्म गैरहाजिर हुनेमा प्रहरी कार्यालय सहायकदेखि सहायक निरीक्षकसम्मका रहेका छन्। हाजिर हुन नआए उनीहरूलाई सेवाबाट हटाउने चेतावनी नेपाल प्रहरीले दिएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।