एकीकृत समाजवादीले बुझायो मागपत्र

विराटनगर । नेकपा (एकीकृत समाजवादी)ले विराटनगर महानपरपालिकासहित मोरङका सबै पालिकामा मागपत्र बुझाएको छ । जनसरोकारका विषयलाई लिएर मोरङका १७ वटै पालिकामा आइतबार ज्ञापनपत्र बुझाइएको नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यसमेत रहेका प्रदेश कमिटीका सचिव महेश रेगमीले जानकारी दिए ।

विराटनगरमा महानगरपालिकमा ६० बुँदे मागपत्र मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई हस्तान्तरण गरेको महानगर कमिटीका अध्यक्ष विरेन्द्र यादबले बताए । सुरक्षित पशु बधशाला निर्माण गर्नुपर्ने, सार्वजनिक बाटाहरुमा राखिएका निर्माण सामाग्री हटाउनु पर्ने, ढल तथा पानीको निकासको व्यवस्था गरी विराटनगरका बस्तिहरु डुवानबाट मुक्त गराउनुपर्ने, शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने, सामुदायिक विद्यालयको पढनपाठनको गुणस्तर सुधार गर्नुपर्ने लगायतमा माग ज्ञापनपत्रमा छ । यस्तै सडकमा लाग्ने साप्ताहिक हाट बजारलाई व्यववस्थित गर्नुपर्ने, अनियमितता र भ्रष्टाचार रोक्नुपर्नेलगायतका माग पनि राखिएको छ ।

आफ्ना मागहरु सम्बोधन गर्न ढिलासुस्ती तथा वेवास्ता गरिए दबाबमुलक कार्यक्रम ल्याउने अध्यक्ष यादवले चेतावनी दिएका छन् । ज्ञापनपत्र बुझ्दै मेयर कोइरालाले अघिल्लो कार्यकालका जनप्रतिनिधिहरुको दायित्व नै अझै ९० करोड जति तिर्न बाँकी रहेकोले महानगरबाट सोचे अनुसारको काम गर्न नसकिएको बताए । पुरानै दायित्व अर्बभन्दा धेरै भएकोले काममा समस्या रहेको उनको भनाइ छ ।

महानगरबासीको चाहना असीमित रहेको र स्रोत साधन सीमित रहेकोले कामले गति लिन नसकेको उनले बताए । नीतिगत कुराहरु चाडै सुधार गर्ने र आर्थिकसँग जोडिएका विषय कठिन हुने उनले बताए ।

सोमबार, १२ चैत, २०८०, बिहानको ०७:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर