शिवरात्रीको अवसरमा आकृति एड्भरटाइजिङले बाँड्यो ९ हजार थान पानी र फ्रुटी

विराटनगर । शिवरात्रीको अवसरमा विराटनगर ३ मा रहेको बासुकी नाथ मन्दिरमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । त्यहाँ उपस्थित श्रद्धालु भक्तजनलाई आकृति एड्भरटाइजिङले भने पानी र फ्रुटी निःशुल्क वितरण गरेको छ । एड्भरटाइजिङका मेनेजिङ डाइरेक्टर मनोज चौहानले मन्दिरमा दर्शनका लागि आउने भक्तजनहरुको प्यास मेटाउन पानी र फ्रुटी गरेर ९ हजार थान वितरण गरेको जानकारी दिए ।

शुक्रबार, २५ फागुन, २०८०, दिउँसोको ०२:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर