लोड हुँदैछ...

मेनु

नेप्से १४.५७ अंकले बढ्यो

नेप्से १४.५७ अंकले बढ्यो

काठमाडौं । सोमबार सेयर बजार मापक नेप्से परिसूचक १४.५७ अंकले बढेको छ । नेप्से ०.७० प्रतिशतले बढेर २०७६.२७ को विन्दुमा पुगेको छ ।

यस दिन ३१० धितोपत्रका ७४ लाख ९१ हजार ३०३ कित्ता सेयर दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार २५४ रुपैयाँमा किनबेच भएको छ ।

१३ मध्ये नौ उपसमूहको समूहगत सूचक बढेको छ । चार उपसमूहको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेपाल दूरसञ्चार कम्पनी र पिपुल्स पावर लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds