अजरबैजान पठाइदिने भनेर पैसा उठाएर फरार भएपछि कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं । अजरबैजान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मिराकल कन्सलटेन्सीका सञ्चालक रामशरण सिवाकोटी एक जना पक्राउ परेका छन् ।

शिवाकोटीले युनिसा आले मगरबाट १६ लाख ५० हजार र राजन प्रसाईंबाट १६ लाख ५२ हजार गरी ३३ लाख २ हजार ठगी गरेको प्रहरीले जनाएको छ । मासिक २ लाख आम्दानी हुने उनले पैसा लिएका थिए । .

पैसा पाएपछि उनी भारतको दिल्ली फरार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार उनलाई पक्राउ गरेको हो।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट निजले फ्रान्स, स्पेन, युक्रेन जस्ता देशहरूमा पठाउने भनी धेरै व्यक्तिहरूसँग रकम लिएको खुलेको छ।

सोमबार, १५ माघ, २०८०, साँझको ०६:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर