मोरङमा गगनलाई प्रश्न केन्द्रीय नेताहरूको गुट कहिलेसम्म चल्छ ?

विराटनगर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाको संवाद यात्रा मोरङमा आइपुगेको छ । शनिबार झापाबाट सुरु भएको यात्रा आइतबार मोरङमा आइपुगेको हो ।

मोरङको पुरानो सदरमुकाम रंगेलीदेखि आइतबार सुरु भएको यात्रा कटहरी–विराटनगर हुँदै सुनसरी पुग्ने नेताहरूले बताएका छन् । आइतबार कटहरी चोकमा भएको कार्यक्रममा उनले हुलाकी राजमार्ग निर्माणमा ढिलाइ हुँदा स्थानीय जनताले भोग्नु परेका कयौं समस्याहरुको बारेमा छलफल गरेका थिए । छलफलका क्रममा राजनीति विषयहरुका पनि थुप्रै प्रश्नहरुको सामना गरेका थिए । त्यस क्रममा केही कार्यकर्ताहरुले आगामी निर्वाचनमा काँग्रेस एक्लै चुनावमा जानुपर्ने र गठबन्धन बनाउन नहुने सुझाव दिएका थिए ।

बिपीले चुनाव जितेको क्षेत्रमा गठबन्धन गर्नु परेको भन्दै कार्यकर्ताहरूले एकलै लड्ने काँग्रेस बनाउन आग्रह गरेका छन् । त्यस्तै केही स्थानीय नेताहरूले स्थानीय स्तरमा गुटबन्दी र बिभाजनको समस्या देखिँदा पार्टी कमजोर बनेको बताए ।

पार्टीमा काम गर्ने कार्यकर्तालाई पाखा लगाएर पहुँचका आधारमा नेताहरुले संरक्षण गर्ने नीति दिएका कारण पनि जनस्तरमा काँग्रेस कमजोर हुँदै गएको भन्दै स्थानीय नेतृ सीता बरालले गुनासो सुनाइन् । ‘हामी तल्लो स्तरमा खट्ने कार्यकर्तालाई कसैले हेर्दैन,’ उनले भनिन् ‘पहुँचका भरमा मात्रै पाटी चलेको देखेका छौ ।’

काँग्रेसभित्रको गुट मौलाउँदा काँग्रेसलाई माओवादीलेसमेत हेप्ने गरेको गुनासो स्थानीय कार्यकर्ता सुनम चौधरीले गरे । ‘३६५ दिन काँग्रेस भए पनि चुनावका दिन भोट कहाँ हाल्छन् भन्ने थाहा हुँदैन,’ उनले भने ‘ तिम्रो सङ्गठन ठुलो भए पनि के हुन्छ र हाम्रो सङ्गठन सानो भए पनि चुनाव जिती हाल्छौ भनेर अरुले धम्क्याउने गरेको उनले सुनाए ।

यस्तै रामकुमार कामतले हुलाकी राजमार्गका कारण नयाँ कपडा लगाएर हिँड्न नसकिएको बताए । हुलाकी राजमार्गमा नयाँ कपडा लगाएर हिँड्नै नपाइने उनले बताए । ‘हामी नयाँ कपडा लगाएर हिँड्न सक्दिन,’ कामतले भने बेलुका घरमा आउँदा मान्छे पनि चिनिँदैन कपडा पनि चिनिँदैन ।
चेतबहादुर बस्नेतले पनि हुलाकी राजमार्ग नबन्दा जनताले ठुलो दुःख पाएको बताए । उनले नेताहरूले चासो दिनु पर्ने भन्दै स्थानीय नेताहरुले पनि आवश्यक ध्यान नदिएकोप्रति असन्तुष्टि जनाए ।

काँग्रेस कार्यकर्ता गुलाव सहनीले कार्यकर्ताहरुलाई चित नबुझे पनि नेताहरुले गठबन्धन गर्ने गरेको भन्दै असन्तुष्टि पोखिन् । उनले भनिन् ‘अबको चुनावमा गठबन्धन नगर्नु होला ।’

कार्यकर्ताले उठाएको प्रश्नको जवाफ दिँदै महामन्त्री थापाले नेपालमा केही भएको छैन भनेर केहीले हल्ला गरे पनि धेरै परिवर्तन भएको बताए । ‘हामीलाई कहिले निराश बनाउने गरी पहिला भएको थियो अहिले केही भएको छैन भनेर केहीले बर्बादै भइसकेको जसरी सुनाउने गरेको भन्दै उनले त्यस्तो निराश बन्नु पर्ने अवस्थ नरहेको बताए ।

अहिले शासन गर्ने गति र मति नभएको उनले बताए । जति ढाकछोप गरे पनि जनतामा भने निराशा रहेको भन्दै उनले यात्रा सकिएपछि हुलाकी राजमार्गको समस्या समाधानका लागि पहल गर्ने बताए ।

सरकारले ठेक्का लगाएका कुनै पनि योजना समयमा नसकिनु गम्भीर विषय भएको भन्दै अब सरकारले परिणाम निकाल्ने गरी काम गर्नु पर्ने र त्यसका लागि संसदबाट सरकारलाई निरन्तर खबरदारी गर्ने प्रतिबद्धता जनाए ।

आइतबार, १४ माघ, २०८०, रातीको ०८:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर