विराटनगर । जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि विराटनगरको मनोकामना इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलले जितेको छ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएसन मोरङले विराटनगरमा शनिबार आयोजना गरेको उक्त प्रतियोगितामा अन्य विद्यालयलाई पछि पार्दै मनोकामना स्कुल प्रथम भएको हो ।

प्रतियोगिताको द्धितीय बुढीगंगा गाउँपालिका– ७ मा रहेको आभा ईङलिस सेकेण्डरी स्कुल, तृतीय विराटनगरको शिशवनी अरिहन्त सेकेण्डरी इङ्लिस स्कुल र सान्तवना ग्रीन पिस एकेडेमी भएको छ । बिजेता हुने विद्यार्थीहरुलाई कार्यक्रमको प्रमुख अतिथि नेश्नल प्याब्स्न केन्द्रीय समितिका सचिब राजन कुमार छाराहाङ, कोशी प्रदेशका सह–सचिब कमल खनाल, मोरङका अध्यक्ष नारयण प्रसाद ढकाल, विराटनगरका अध्यक्ष एमडी सोहिललगायतले पुरस्कार वितरण गरेका थिए ।