फिल्म ‘म्याऊँ’ को पोस्टर’ सार्वजनिक

विराटनगर । मनोवैज्ञानिक थ्रीलर फिल्म ‘म्याऊँ’ को पोस्टर’ सार्वजनिक भएको छ । उत्तम प्रधान र अनुपविक्रम शाहीको शीर्ष भूमिका हुने फिल्मको अभिनेत्री तय हुन बाँकी छ । अभिनेता प्रधानको यो कमब्याक फिल्म समेत हुनेछ ।

सन् २०१२ मा उनी अभिनित पछिल्लो फिल्म ‘इशारा’ रिलिज भएको थियो । फिल्मको लेखन, निर्देशन र निर्माण जयराज रायको हुने जनाइएको छ । अभिनेता शाहीले यसलाई आफ्नो महत्वाकांक्षी फिल्म बताएका छन् ।

‘घोषणा पोस्टर’मा अनुपको पृष्ठभाग दर्शाइएको छ । फिल्मले मानसिकरुपमा विक्षिप्त एक ‘साइको किलर’ले समाजमा उपस्थिती जनाउन गर्ने कार्यको कथा प्रस्तुत गर्छ ।

फिल्ममा प्रशस्त ‘ट्विस्ट एन्ड टर्न’ प्रयोग गरि दर्शकलाई मनोरञ्जन दिलाउन कसर बाँकी नराखिने निर्देशक रायले बताएका छन् ।

दक्षिण भारतीय संगीतकार एजे अलि मिर्जाक नौशाद अलीले सङ्गीत दिने बताइएको यो फिल्ममा साई भिग्नेश, पद्म लताले स्वर दिनेछन् । साई दक्षिण भारतीय फिल्म ‘कान्तारा’को गीत ‘बराह रूपम’ र पद्मलता’ र फिल्म ’थानी ओरूभन’को ’कान्नाला कान्नाला’ गीतबाट चिनिन्छन् ।

भारतीय सिनेम्याटोग्राफर आकाश कुमारको छायांकन रहनेछ । काठमाडौं र क्यानडामा फेब्रुअरी दोस्रो सातादेखि छायांकन तयारी छ ।

फिल्मलाई चीनमा पनि प्रदर्शनको तयारी छ । यसका लागि चिनियाँ वितरक साउथ एसिया मेरीटाईम सिल्क रोड (फुजियान) इन्टरनेसनलसँग सहकार्य हुने भएको छ ।

जेनी खतिवडा राय, केन्द्र रेग्मी र प्रिन्स कुमार चौधरी सह निर्माता रहेको चलचित्रकी कार्यकारी निर्माता निशा खतिवडा हुन् । भुटानी फिल्ममा समेत काम गरेका सुमन माझीको साउन्ड डिजाइन र सुदिप भण्डारीको भीएफएक्स रहनेछ ।

मङ्गलबार, ०२ माघ, २०८०, दिउँसोको ०२:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर