पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने उर्मिला पक्राउ

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा धनकुटा घर भई हाल कीर्तिपुरको ट्याङलाफाँट बस्ने ४८ वर्षीय उर्मिला चेम्जोङ पक्राउ परेकि छिन ।

चेम्जोङले संगत थापा समेत २ जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिने भन्दै प्रतिव्यक्ति १० लाख भन्दा बढी लिएको खुलेको छ ।

पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा ड्राइभिङको काम लगाइदिने उनलेआश्वसन दिएको प्रहरीले जनाएको छ । मासिक १ लाख रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी पटक पटक गरी १० लाख ५० हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले चेम्जोङलाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

बुधबार, २५ पुष, २०८०, साँझको ०५:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर