विराटनगर । बाराको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णाकारको हत्यामा संलग्न सुजितकुमार सिंहलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ ।

उनीभारतीय ‘सार्प सुटर’ रहेको प्रहरीले जनाएको छ । भारतको मोतीहारी घर भएका २५ वर्षीय . सिंहलाई गएराति बाराको बिश्रामपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
.
बाराको विश्रामपुर गाउँपालिका(३ बाट गएराति ८ बजे ३२ वर्षीय सुजित सिंहलाई गोली हानेर पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । सिंहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि गोली प्रहार गरिएको उनले बताए ।

दुवै खुट्टामा गोली लागेर घाइते भएका सिंहको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ ।