लोड हुँदैछ...

मेनु

सहकारीको घोटाला गर्ने मण्डललाई थुनामै राख्न आदेश

सहकारीको घोटाला गर्ने मण्डललाई थुनामै राख्न आदेश

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ स्थित नवआदर्श सहकारी संस्थाको १ करोड १५ लाख ८७ हजार रुपैयाँ हिनामिना प्रकरणमा व्यवस्थापक उमेशकुमार मण्डललाई थुनामा राख्न जिल्लाले गरेको आदेश उच्च अदालत विराटनगरले सदर गरेको छ ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र न्यायाधीश गणेशप्रसाद बरालको संयुक्त इजलाशले बिहीबार जिल्ला अदालतको आदेश सदर गर्दै मण्डललाई पुर्पक्षको लागि थुनामै राखेर अनुुसन्धान गर्न आदेश दिएको हो ।

सहकारी घोटला प्रकरणमा मण्डल पक्राउ परेका थिए । प्रहरीले अभियोग अदालत बुझाएपछि गत साउन २३ मोरङका न्यायाधीश दिनबन्धु बरालको इजालासले उनलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो । त्यसपछि उनी जेल चलान भएका छन् । जिल्लाको आदेश चित्त नबुझेपछि मण्डलले बदरको माग राख्दै उच्च अदालतमा ७३ नम्बर गरेका थिए ।

मण्डलले ३८० जनाबचतकर्ताको रकम हिनामिना गरेको सहकारीको आन्तरिक छानविनले देखाएको छ । २०७५ देखि २०७९ को साढे ३ वर्षको अवधिमा ब्यवस्थापक मण्डलले सहकारीको रकमहिनामिना गरेर तीन ठाउँमा घडेरी र एक ठाउँमा घर खरिद गरेका छन् । उनले बचतकर्ताको पासबुकमा रकम चढाएपनि सहकारीको सप्mटवेयरमा राखिने ब्यक्तिगत खातामा रेकर्ड नराखेको भेटिएको छ ।

चार्टर एकाउन्टेन्टले छानविन गरेपछि मात्रै ब्यवस्थापक मण्डलको हिनामिना पत्ता लागेको सहकारीले जनाएको छ । मण्डलले सहकारीमा खाता नै नभएका उनका बाबु शम्भुप्रसाद मण्डल र आमा सीतादेवी मण्डलका नाममा १६ लाख ५२ हजार रुपैंयाँ बचत फिर्ता गरेको देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।