काठमाडौँ । जाजरकोट भूकम्पका लाभग्राहीको संख्या बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार सम्ममा लाभग्राहीको संख्या ६७ हजार नाघी सकेको छ ।
आज सम्मा ६७ हजार ७८० पुगिसकेको छ । यसअघि ५९ हजार भन्दा बढी लाभग्राही कायम भएकामा पछिल्लो अद्यावधिक तथ्यांकमा झन्डै नौ हजार थपिएका हुन् ।यो अझै थपिने क्रममा रहेको जनाइएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले संख्या बढेर ८० हजार पुग्ने अनुमान रहेको बताए । सुरुमा २८ हजार लाभग्राही भएको जनाइएको थियो । चार हजार थपिएर ३२ हजार पुगेका थिए । त्यसपछि ५९ हजार कायम भएकामा अहिले थपिएर ६७ हजार नाघी सकेका छन् ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पले जाजरकोटसहित रुकुम पश्चिम, सल्यान, बझाङ र बाजुरामा क्षति पुर्याएको थियो ।

